डोटीको सुजङ अस्पतालमा एक बालिकाको मृत्यु, ३ डाक्टर प्रहरी नियन्त्रणमा

डोटी : डोटीको राजपुरस्थित सुजङ अस्पतालमा एक बालिकाको मृत्यु भएको छ । दीपायल सिलगढी नगरपालिका-३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो ।

खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी उनलाई बुधवार राति शल्यक्रियाका लागि बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टका अनुसार बालिकाको शव अस्पतालमै छ । उनले घटनाको अनुसन्धानका लागि तीन जना चिकित्सकलाई नियन्त्रणमा लिइएको बताए । डाक्टर राजमणी यादव, डाक्टर सुरेन्द्र कुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Loading...