धनगढी : कैलालीको गोदावरीमा मोटरसाइकल गाईसँग ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् ।
गोदावरी नगरपालिका-१ स्थित मनिशा पेट्रोल पम्प नजिक सुदूरपश्चिम प्रदेश ०१-०१८ प १३९५ नम्बरको मोटरसाइकल गाईसगँ ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी-५ का अन्दाजी २५ वर्षीय रंगीलाल चौधरी घाइते भएका हुन् । घाइते चौधरीको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
