गोदावरीमा ट्याङ्कर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते

अत्तरिया : कैलालीको गोदावरीमा ट्याङकर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना घाइते भएका छ्न ।

गोदावरी नगरपालिका-४ गोदावरीमा ना ७ ख ६२६२ नम्बरको ट्याङकर र बागमती प्रदेश ०२०३० प २९८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा धनगढी-२ का १५ बर्षीय सन्तोष सिंह घाइते भएका हुन ।

मोटरसाइकल पछाडि सवार रहेका सन्तोष मायामेट्रो अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । ट्याङकर र चालक अनिल चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

Nabadurga Sunchadi
Loading...