गोदावरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

अत्तरिया : कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका-१ बसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात धुने क्रममा मोटरबाट करेन्ट लागेर बोहरा गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Nabadurga Sunchadi
Loading...