गोदावरीमा जारी डाबर नेपाल बिवाईसि कप फुटबल प्रतियोगिताको फाईनलमा सगरमाथा र केएफसी भिड्ने

फाईनल खेल भोली दिउँसो २ बजेदेखी सुरु हुने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-२ मा जारी डाबर नेपाल अन्डर २३ बिवाईसि कप फुटबल प्रतियोगिताको फाईनलमा सगरमाथा युवा क्लब र केएफसी दोधारा कञ्चनपुर भिड्ने भएका छन ।

सोमबार भएका सेमिफाईनल खेलहरुबाट दुवै टोलीले फाईनलको यात्रा तय गरेका हुन । सोमबारको पहिलो सेमिफाईनल खेलमा धनगढीको नमो बुद्ध युवा क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै अत्तरियाको सगरमाथा युवा क्लब फाईनलमा प्रवेश गरेको हो ।

यस्तै प्रतियोगिता अन्तरगत सोमबारनै भएको दोस्रो सेमिफाईनल खेलमा आयोजक बनदेवी युवा क्लब (बिवाईसि) (ए) लाई १-० गोलअन्तरले पराजित गर्दै केएफसी दोधारा कञ्चनपुर फाईनल प्रवेश गरेको छ ।

यही कार्तिक २२ गतेदेखी सुरु भएको प्रतियोगिताको फाईनल खेल भोली (बुधबार) दिउँसो २ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टोलीले १ लाख १ रुपैयाँ तथा उपविजेता टोलीले ५० हजार १ रुपैयाँ सहित ट्रफि मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने बताईएको छ ।

Deep Jyoti Pustak psl
Loading...