सुदूरपश्चिम प्रदेश सरकारको सय दिने उपलब्धि सार्वजनिक, मन्त्रालयका वेबसाइट अझै बनाएन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आज सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । सरकारले सय दिनको उपलब्धि सन्तोषजनक रहेको बताएको छ, तर, सुदूरपश्चिमका अधिकांश मन्त्रालय र मातहतका कार्यालयहरू भने अझै वेबसाइटविहीन छन् ।

प्रदेशका चार मन्त्रालयसहित मातहतका कार्यालय वेबसाइट विहिन भएको चार महिना पुगेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय वेबसाइट विहिन छन् ।

प्रदेश प्रमुखको कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश नीति तथा योजना आयोगको पनि आधिकारिक वेबसाइट छैन् । मुख्यमन्त्री शाहले भने प्रदेश सरकारका मन्त्रालय वेबसाइटविहीन हुनु दुःखद भएको बताएका छन् ।

उनले भने, ‘मैले तत्काल वेबसाइट सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छु । वेबसाइटको समस्या एक-दुई दिनमै समाधान हुन्छ ।’

Nabadurga Sunchadi
Loading...