खुटिया नदीबाट गिट्टी,बालुवा र ढुङ्गा निकासमा स्थानीयले रोक्ने

अत्तरिया : कैलालीको गोदावरी-८ खुटिया नदीबाट प्राकृतिक जन्य पदार्थ खुटिया नदीबाट गिट्टी,बालुवा र ढुङ्गा निकासमा स्थानीयले रोक्ने भएका छन् । ठेकेदारले खुटियाबाट अन्दाधुन्द तरिकाले खुटिया नदीबाट गिट्टी,बालुवा र ढुङ्गा निकास निकासीले गर्दा स्थानीयका जमिन कटानी हुन लागेको भन्दै विरोधमा उत्रेका हुन् ।

सरकारले खुटिया नदीको कटानी प्रभावित क्षेत्रका नागरीहरूको जमिनमा तटबन्ध योजना, स्थानीयले पाउनुपर्ने हकाधिकार विकासको योजना, भई परी आउने समस्याको समयमा स्थानीय सँग समन्वय गरी समाधान गर्नुपर्ने स्थानीयको माग रहेको गोदावरी-८ स्याउलेका स्थानिय गोपाल देउवाले जानकारी दिए ।

उक्त माग पुरा नभए सम्म स्थानीयले प्राकृतिक जन्य पदार्थ खुटिया नदीबाट गिट्टी,बालुवा र ढुङ्गा निकासमा रोक लगाईने बताईएको छ। खुटिया नदीमा प्राकृतिक जन्य पदार्थ खुटिया नदीबाट गिट्टी,बालुवा र ढुङ्गा निकासमा गोदावरी नगरपालिकाले ठेक्का लगाईसकेको छ।

गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरीले पनि स्थानीयका माग प्रति ऐक्यबद्धता जनाएका छन् । त्यहाँको प्राकृतिक स्रोत साधन दोहन गरेर स्थानीयमा कुनै योजना नपर्नु विडम्बना बताएका छन् । ठेकेदारले जहाँ पायो त्यहीबाट नदिजन्य पदार्थ उठाउनले नदीले धार नै परिवर्तनको अवस्थामा पुगेको वडा अध्यक्ष चौधरीले बताएका छन् ।

Nabadurga Sunchadi
Loading...