परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवा सुदूरपश्चिम आउँदै

अत्तरिया : परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवा सुदूरपश्चिम आउने भएकी छन् । मन्त्री राणा आज सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ ।

मन्त्री राणा बिहान १० बजे काठमाडौँबाट धनगढी आउने नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनारले बताए । मन्त्री राणाले ११ः४५ मा धनगढी बिमानस्थलमै पार्टीका नेताहरूसँग भेट गर्ने र त्यसपछि डडेल्धुरा जाने कार्यक्रम रहेको सचिव सुनारले बताए ।

डडेल्धुरामा मन्त्री राणा उग्रताराको मेलामा सहभागी हुने र जिल्ला हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । हाल कांग्रेस सभापति शेर बहादुर देउवा पनि डडेल्धुरामै रहेका छन् । उनी कार्तिक २५ गते नै डडेल्धुरा पुगेका थिए ।

Nabadurga Sunchadi
Loading...