गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका नेपालीको मृत्यु

अत्तरिया : कैलालीको गोदावरीमा स्कुटर पल्टीएर घाइते भएका विरबहादुर नेपालीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-८ जमुनानगर स्थित सडकमा बिहीवार कञ्चनपुरको पुर्नवास नगरपालिका-१ का ५२ वर्षीय नेपाली आफै बेहोस भएर स्कुटर अनियन्त्रित हुँदा घाइते भएका थिए ।

घाइते उनको उपचारकाक्रममा धनगढीमा रहेको नोभा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...