कञ्चनपुर : कञ्चनपुरको दैजीदेखि डडेल्धुराको सलेता गइरहेको जिप लिप्नामा दुर्घटना भएको छ । दैजीबाट यात्रु बोकेर गइरहेको जिप मंगलबार अपरान्ह दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
उनिहरुको सनाखत हुन बाँकी रहेको र प्रहरी टोली घटनास्थलमा पुगेर घटना जाँचबुझ गरिरहेको बताइएको छ । यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।