अत्तरियामा मोटरसाइकल अनियन्त्रित हुँदा एक जना घाइते

अत्तरिया : कैलालीमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जना घाइते भएका छन् । जिल्लाको गोदावरी नगरपालिका-१ ट्राफिक पोष्ट नजिक अत्तरियाबाट पुर्वतर्फ जाँदै गरेको बा ७४ प २२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-३ का २७ वर्षीय विवेक गौतम रहेका छन । उनको पदमा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको छ।

यस्तै कैलालीको पितमारीमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका-७ पितमारीमा कुहिनेबाट चिसापानीतर्फ जाँदै गरेको सोही ठाउँका ३० वर्षीय भद्रप्रसाद अधिकारीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८प ७७९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार रहेका ३७ वर्षीय सुरेन्द्रकुमार रावल घाइते भएका हुन । उनको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। घाइते रावलको बायाँ गर्दन र टाउकोमा चोट लागेको छ । अवस्था भने मध्यम रहेको छ ।

Nabadurga Sunchadi
Loading...