आज देखी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

अत्तरिया : आज देखी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।  यो अभियान देशभर विविध कार्यक्रम गरी मनाईदै । अभियानको क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि स्थानीय तहहरूमा सचेतनामूलक कार्यक्रम गरिने भएको हो ।

१६ दिने अभियानको क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि स्थानीय तहहरूमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी सङ्घसंस्थाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि पालिकाहरूमा अन्तरक्रिया, र्‍याली, अभिमुखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ । अभियानभरि १५३ वटा सचेतनामूलक कार्यक्रम गर्ने र त्यसका लागि अनुमानित २८ लाख १७ हजार बजेट खर्च हुने हिजो (आईतबार) पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

अभियान अवधिभरि कैलालीका १३ र कञ्चनपुरको एक गरी १४ वटा पालिकाहरूमा लैङ्गिक हिंसा अन्त्य सम्बन्धी विविध कार्यक्रम गरिने महासङ्घका अध्यक्ष देवीप्रसाद खनालले जानकारी दिए । उनले लैङ्गिक हिंसा, बाल विवाह, आत्महत्या, लागु हिंसा लगायत विभिन्न हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख गरे ।

१६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।

Loading...