गोदावरी-३ चौकिडाँडाँमा ट्याक्टरमा ठोकिएर एक युवकको मृत्यु

कैलाली : कैलालीको चौकिडाँडाँमा ट्याक्टरमा ठोकिएर एक युवकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-३ भैँसी हाटबजारस्थित सडकमा बुधबार साँझ से२त ४५२३ नम्बरको रोकिरहेको ट्याक्टरमा से६प ९२९४ नम्बरको मोटरसाइकल  ठोक्किएको ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका डिएसपी गंगा बहादुर थापाले बताए।

डिएसपी थापाका अनुसार रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोकिएर बैतडीको डिलासैनी गाउँपालिका-६ का २२ वर्षीय नवीन थलाल घाइते भएका र उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर र ट्याक्टर चालक गोदावरी-३ का मुनिम चौधरीलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको डिएसपी थापाले बताएका छन् ।

Deep Jyoti Pustak psl
Loading...