अछाममा भिरबाट लडेर एक जना घाइते

अछाम : अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका-५ का १८ वर्षीय गोकुल बुढा भिरबाट लडेर घाइते भएका छन् ।

उनी सोहि ठाउँको छडीखोलामा घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको प्रहरी निरीक्षक टेकबहादुर देउवाले बताए ।

उनको मेरुदण्ड र दाहिन खुट्टामा चोट लागेको छ । घाइते बुढाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ ।

Loading...