अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ का वडाअध्यक्ष एवं नगर प्रवक्ता गोपालदत्त भट्ट मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । गोदावरी-१ बिजौरामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा उनी घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार नगर प्रवक्ता भट्ट सवार से ६ प ५४६८ नम्बरको मोटरसाइकल र गोदावरी२ का १८ वर्षीय अनुज विसीले चलाएको सुपप्र ०१ ०१२ प ५४२५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा नगर प्रवक्ता भट्टको हात, खुट्टा र मुखमा चोट लागेको र उनको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले बताएको छ । विसीलाई सामान्य चोटपटक लागेको र नियन्त्रणमा लिइएको मालाखेती प्रहरीले बताएको छ ।
