कैलालीमा पानी जमेको खाल्डोमा एक पुरुष मृत फेला

अत्तरिया : कैलालीमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका-३ का ६५ वर्षीय काले ढोली मृत फेला परेका प्रहीले बताएको छ ।

उनी सोही वडाको झिल भन्ने ठाउँमा पानी जमेको खाल्डोमा शुक्रबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Nabadurga Sunchadi
Loading...