कैलालीमा अपाङ्गता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने

धनगढी : राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तराष्ट्रिय दिवसको अवसर पारेर साप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महासंघले ३ डिसेम्बरमा मनाइने ३३औँ अन्तराष्ट्रिय दिवसको अवसरमा शुक्रबारदेखि नै साप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

२० मंसिरसम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत विभिन्न खालका गतिविधी आयोजना गरिने महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउदले बताए ।

उनकाअनुसार पहिलो दिन पत्रकार सम्मेलन, १३, १४ र १५ गते ओठ तथा तालु फुटेकाहरुको निःशुल्क शल्यक्रिया शिविरको प्रचारप्रसार, लालझाडीमा अपांगता पहिचान शिविर सञ्चालन, १५ गते धनगढीमा सफसफाई कार्यक्रम, लालझाडीमा अन्तरक्रिया, १६ र १९ मंसिरमा कक्षा ९ देखि १५ सम्मको हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

मंसिर १८, १९ र २० गते धनगढीमा प्रर्दशनी मिनी महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा सुदूरपश्चिमको कला, संस्कृति प्रवद्र्धन गर्न सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...