अत्तरिया : देउडा गायक नागार्जुन दिनेशको ‘जीउ झुराउन्या दाग’ गीत सार्वजनिक गरिएको छ । नागार्जुन दिनेश र रेखा जोशीको स्वरमा रहेको उक्त गीत ‘अन्तराम विष्ट’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गीतमा वरिष्ठ देउडा गायक अन्तराम विष्टकै लय र सङ्गीत रहेको छ भने रमेश ऐर संगमको शब्द सिर्जना रहेको छ ।
किशोर भण्डारीको निर्देशन रहेको गीतको भिडियोमा गायक नागार्जुन दिनेश सँगै निरुता सिंह र गणेश बयानीले अभिनय गरेका छन् । गीतको भिडियो अत्तरिया र गोदावरी क्षेत्रमा छायांकन गरिएको छ ।
हेर्नुहोस् भिडियो