सुदूरपश्चिम महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक

धनगढी : कैलालीको धनगढीमा मंसिर २२ गतेदेखि सुरु हुने १८औं संस्करणको सुदूरपश्चिम महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक गरिएको छ ।

कलाकार संयोजक मिलन कुँवरका अनुसार यसपटक महोत्सवमा नायक पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, रामचन्द्र काफ्ले, बद्री पङगेनी, चक्र बम, टंक तिमल्सीना, रमेशराज भट्टराई, खेम सेन्चुरी, रामजी खाण, हिमाल सागर, चेतन बोहरा, सुनिल नेपाली, टेक बिसी, लालबहादुर धामी, विनोद बाजुरेलीको प्रस्तुती रहने बताए ।

यस्तै, कलाकार यज्ञराज उपाध्याय, कोष खड्का, अविशेख खड्का, आरके थारु र सौगात ओझाको पनि महोत्सवमा आउने टुंगो लागिसकेको उनले बताए । यस्तै गायीका अस्मिता अधिकारी, अनु चौधरी, जुनु काफ्ले, रेखा जोशी, रचना रिमाल, एलिना चौहान, अस्मिता दर्लाकोटी, अस्मिता जुरेली, अञ्जु कुस्मी, मञ्जु पौडेल, शोभा त्रिपाठी, अनिता चलाउने, शिलत शर्मा, एन्जिला रेग्मी पनि महोत्सवमा आउने कुँवरले वताए ।

Loading...