एनपिएलमा आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दैँ

नेपाल प्रिमियर लिग (एनपिएल) आज पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बिच हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुदूरपश्चिम र विराटनगर बिचको खेल  सुरु हुने भएको हो ।

सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिमको यो प्रतियोगिताकै पहिलो खेल रहेको छ उता कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेको विराटनगर आफ्नो दोस्रो खेल खेल्दैछ। दुवै पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन्।
विराटनगरले आफ्नो पहिलो खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको हार ब्यहोरेको थियो ।

सुदूरपश्चिम सन्तुलित टोली देखिन्छ। अनुभवी खेलाडी र प्रशिक्षक टोलीलाई लिएर सकारात्मक छ । सबै पक्षमा बलियो भएकाले सुदूरपश्चिमले मैदानमा उच्च प्रदर्शनको अपेक्षा राखेको छ। ‘टोलीमा जुनियर, सिनियर र विदेशी खेलाडीको तालमेल छ । त्यसैले आशा उच्च प्रदर्शनको छ ।

सुदूरपश्चिमले एनपिएलका लागि स्कट्ल्यान्डका ब्रेन्डन म्याकमुन, इङ्ल्यान्डका सेफ जैब, न्युजिल्यान्डका स्कट कुग्गेलिजन र युएईका रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ। यसैगरी अलराउन्डर तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ब्याटर आरिफ शेख र बलर अभिनास बोहोरा सुदूरपश्चिमका हेर्नलायक घरेलु खेलाडी हुन्।
त्यस्तै आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ।

Deep Jyoti Pustak psl
Loading...