गोदावरीको दुर्गा भवानी माविमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै,

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदैछ । नगरस्तरिय १५ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो ।

प्रतियोगिता गोदावरी नगरपालिका- ७ हरैयामा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयमा सुरु हुने जनाइएको छ ।  प्रतियोगिताको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा यस वर्ष ४५ विद्यालयका २ हजनार २ सय बढी विद्यार्थी सहभागि हुनेछन ।

जसमा २३ वटा सामुदायिक र २२ वटा संस्थागत विद्यालय रहेका छन । प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने छन भने एथलेटिक्सका खेल स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने छ ।

प्रतियोगितामा पहिलो हुने विद्यालयलाई २० हजार दोस्रो हुने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार नगद पुरस्कार पनि दिईन आयोजक नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

यस वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सँग सँगै नगर स्तरीय अतिरिक्त क्रियाकलाप पनि आयोजना गरिने जनाइएको छ । जसमा कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी हुने छन ।

Deep Jyoti Pustak psl
Loading...