कैलालिको चुरे-३ मा छैठौ वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

अत्तरिया : कैलालिको चुरे गाउपालिका-३ मा छैठौ वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । ‘देशका लागि खेल,स्वास्थ्यका लागि खेल’ भन्ने नाराका साथ वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो ।

आइतबार प्रतियोगिताको एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ ।प्रतियोगिताका लागि वडाबाट चालू आर्थिक वर्षको बजेट बाट १ लाख ५० हजार रुपैया बिनियोजित गरिएको वडाध्यक्ष खगेन्द्र खडायतले बताए । वडाका बस्तिमा रहेका खेलाडिहरु पहिचान गर्न, सो वडाका बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ खेलको क्षेत्रमा अगाडि ल्याउनका लागि प्रतियोगिता आयोजना गरिएको र वडा कार्यालय सदैब तत्पर रहने उनले बताए ।

महिला र पुरुष दुबैका लागि आयोजना गरिएको प्रतियोगिताको प्रथम पुरस्कार राशी १४ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । यस्तै दोस्रो पुरस्कार ९ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार ६ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष खगेन्द्र खडायतको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अर्थ राज्य मन्त्री प्रकाश बम प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटा, चुरे गाउपालिकाकी उपाध्यक्ष धना देबि थापा, विभिन्न संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन निसा थापाले गरेकी थिइन ।

Deep Jyoti Pustak psl
Loading...