एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान सवा ९ बजे शुरु हुनेछ। भने दोस्रो खेल दिउँसो सवा १ बजे शुरु हुनेछ ।

चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ । हालसम्म चार खेल खेल्दा तीनमा जित र एउटामा हार बेहोरेको चितवनको ६ अंक छ । चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो ।

चारवटै हेलमा हार बेहोर्दै लुम्बिनी लायन्स अंक तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो ।

कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ । कर्णाली चौथो स्थानमा छ । कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई ७ रनले हराएको थियो ।

यसैगरी पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

यही मङ्सिर १५ गतेदेखि शुरु भएको एनपीएलमा आफ्ना सबै खेलमा विजयी हुँदै जनकपुर बोल्ट्स अंक तालिकामा शीर्ष स्थानमा छ ।

Deep Jyoti Pustak psl
Loading...