कैलाली : नेपाल पत्रकार महासंघ कैलाली शाखाको अध्यक्षमा श्रवण देउवा निर्विरोध निर्वाचित भएका छन् । उनी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालका साझा उम्मेदवार हुन् ।
अध्यक्षका अर्का उम्मेदवार प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि देउवा निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिले देउवा निर्वाचित भएको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ। यस्तै, महिला उपाध्यक्षमा भावना जोशी र सह-सचिवमा शंकर बोहरा पनि निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यमा आदिवासी जनजातितर्फ सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासङ्घको चुनाव देशभरि २८ गते (भोलि) हुँदैछ ।