धनगढीका मेयर हमालको अवस्था खतरामुक्त, नर्मल वार्डमा सारियो

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि आज (बिहीवार) आइसियुबाट प्राइभेट वार्डमा सारिएको छ ।

हमाललाई आज ४ः२० मा नर्मल वार्डमा सारिएको मेयर हमालको छोरी आर्जु हमालले बताइन् । मेयर हमाललाई शनिवारदेखि दिल्लीस्थित म्याक्स हस्पिटलको न्युरोइन्टेन्सिभ केयर आइसियु र स्ट्रोक युनिटमा राखेर उपचार भइरहेको थियो ।

चिकित्सकले मेयर हमालको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको भन्दै नर्मल वार्डमा सारेका हुन् । नर्मल वार्डमा मेयर हमालको चिकित्सककै निगरानीमा उपचार हुने बताइएको छ ।

उपचारमा संलग्न चिकित्सकले मेयर हमालको अवस्था खतरामुक्त रहेको भन्दै प्राइभेट वार्डमा सारेर केही दिन उपचार गर्नुपर्ने सल्लाह दिइएको परिवारले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...