नवनिर्वाचित पत्रकार महासंघ कैलालीको टिमलाई कैलाली उद्योग बाणिज्य सघंको सम्मान

धनगढी : नवनिर्वाचित पत्रकार महासंघ कैलालीका अध्यक्ष सहित कार्यसमितिलाई कैलाली उद्योग बाणिज्य संघले बधाई सहित सम्मान गरेको छ । आइतबार सुदुरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै उद्योग बाणिज्य संघ कैलालीलाई नवनिर्वाचित अध्यक्ष श्रवण देउवा सहित टिमलाई सम्मान गरेको हो ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवर तथा महासचिव ओम बिष्ट सहितको टिमले नवनिर्वाचित महासंघको टिमलाई सम्मानपत्र सहित सम्मान गरेको हो ।

Dhangadhi_Tihar 2083

उद्योग बाणिज्य संघबाट सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरेका छन् । लोकतन्त्र र सबिंधानको रक्षाका लागी पत्रकार महासंघ सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले यहाँको औद्योगिक तथा पर्यटनको बिकासका लागी कैलाली उद्योग बाणिज्य संघ संग सहकार्य रहने बिश्वास ब्यक्त गरे ।

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासंघ कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोस्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शंकर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए ।

खुला सदस्यमा बालकृष्ण ओझा कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

Loading...