धनगढी : धनगढीमा सञ्चालन भईरहेको सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप गरिएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गते सम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ ।
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए ।
हरेक बर्ष यसै समयमा संचालन भईरहेको महोत्सवले यश क्षेत्रको आर्थिक गतिबिधी चलायमान भईरहेको छ । ३ करोड लगानी अनुमान गरिएको महोत्वसमा उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरिएको छ ।
महोत्सवमा कृषि, जडिवुटी, हस्तकला फर्निचर, अटोमोवाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सुचना प्रविधि गरि पाँच सय ३१ वटा स्टलहरु रहेका छन् ।
विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
