बझाङमा भूकम्पको धक्का महसुस

बझाङ : बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो ।

भूकम्पबाट क्षति कुनै नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताए ।

Deep Jyoti Pustak psl
Loading...