नेपालले आज बंगलादेशसँग खेल्ने

काठमाडौं : मलेसियामा जारी यु-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर-४ को अन्तिम खेल खेल्दैछ ।

भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ। तीन खेलबाट चार अंक जोडेको छ । तीन खेलमा समान चार अंक भएको बंगलादेशले पनि तीन खेल खेलेको छ । आज बंगलादेशलाई पराजित गरे नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।

जारी प्रतियोगितामा भारतले भने फाइनमा स्थान सुरक्षित गरिसकेको छ ।

सुपर-४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ। पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

आजको खेलमा पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ । समूह चरणमा भारतसँग अंक बाडेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

Loading...