तेह्रथुम : खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ ।
शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।
अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङको भनाइ छ । शव मृतकका परिवारलाई आइतबार मात्र हस्तान्तरण गरिने प्रहरीले बताएको छ ।