डोरी घाटीमा कसिएर बैतडीमा बालकको मृत्यु

बैतडी : डोरी घाटीमा कसिर बैतडीमा एक १४ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका-९ ग्वालेकका खेमराज जोशीका छोरा सन्दीप जोशीको घाटीमा डोरी कसिएर मृत्यु भएको हो ।

घर नजिकै साथीहरुसँग डोरी खेल्ने क्रममा डोरी घाँटीमा अल्झिदा घाटी कसिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले बताएका छन्।

उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता पाण्डेले बताएका हुन् ।

Deep Jyoti Pustak psl
Loading...