गोदावरीकी प्रमिलाले एक करोड जितिन्

धनगढी : कैलालीको गोदावरीकी प्रमिला रोकायाले एक करोड रुपैयाँ उपहार हात पारेकी छिन । उनले विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ हात पारेकी हुन् ।

जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । गोदावरी नगरपालिका-९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन् ।

चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताएकी छन् । गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।

आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

आइएमईले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम-आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो ।

Deep Jyoti Pustak psl
Loading...