बझाङ : बझाङमा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका-९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयमसेविका पच्चकला जोशीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
शनिबारदेखि परिरहेको वर्षाकाका कारण कच्ची सडकको माथिबाट ढुङ्गा खसेको अनुमान गरिएको छ । मृतक मालुमेलावाट शनिबार दिउँसो आफ्नो घर आमवगर जादै गरेको मृतकका आफन्तले बताएका छन् । घटनास्थल मालुमेलाको विद्यालयभन्दा करिव ५/७ मिनेटको पैदल दुरीमा पर्छ ।
