बाजुरामा एक जना मृत भेटिए By रेडियाे अत्तरिया On २०८१ पुष १४, आईतवार १८:५५ बाजुरा : बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका-१० मालिका बजारका ६० वर्षीय दलबहादुर साउँद घर नजिकै रहेको खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।