बैतडीमा चट्याङ लागेर ७ पशुचौपाया मरे

बैतडी : बैतडीमा चट्याङ लागेर ७ पशुचौपाया मरेका छन् । जिल्लाको सुर्नया गाउँपालिका-६ धुलिधार र खर्काधार टोलमा शनिबार दिउँसो परेको चट्याङले घरपालुवा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

विद्युतको लाइनमा परेको चट्याङले क्षति पुगाएको हो । चट्याङ लागेर सुर्नया गाउँपालिका-६ खर्काधारका प्रकाश अवस्थीको एक भैंंसी मरेको छ भने धुलिधारमा ६ पशुचौपाया मरेका छन् ।

यस्तै पदमराज अवस्थीको एक बाख्रो र एक बाच्छो, कृष्णदत्त अवस्थीको एक गोरु, हरिदत्त अवस्थीको एक बाख्रो, लिलाधर अवस्थीको एक बाख्रो र दामोदर अवस्थीको एक राँगो मरेको प्रहरीले जनाएको छ ।

यस्तै चट्याङ लागेर घाइते भएका शिवनाथ-२ पोखराका चारजना उपचारपछि घर फर्किएका छन् । शनिबार बिहान गोपाल दमाइको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका थिए ।

Dhn_Tihar & Chhat 2082
Loading...