डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

डोटी : डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

खड्का बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन् । सन्तुलन गुमाउँदा उनी तल खोलामा खसेको स्थानीय उमेश साउँदले बताएका छन् । मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन् ।

Loading...