अत्तरिया : नयाँ देउडा गित ‘काछ राजा कोटको’ सार्वजनिक भएको छ । सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई जोगाउँदै माया प्रेमको भावलाई प्रस्तुत गर्ने उक्त गित रमेश बिजुली बिसीको निर्देशनमा तयार गरि सार्वजनिक भएको हो ।
यो गितले सुदूरपश्चिमको सांस्कृतिक र सांगीतिक मौलिकतालाई उजागर गरेको छ । प्रेम मल्लको लय रहेको गितमा रमेश बिक र रेखा जोशीको सुमधुर स्वर रहेको छ । कृष्ण बाजुरालीको संगीत संयोजन रहेको गितमा रमेश बिक, मनिषा रावल र सरोज रोकायाले अभिनय गरेका छन् ।

गितको छायाङ्कन दया चौधरीले गरेका छन् भने सम्पादन शंकर साउदले गरेका छन्। दृश्य निर्माणमा जुन प्रोडक्सनले सहयोग गरेको छ । उक्त गित Ramesh Bijuli BC नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो
