अत्तरिया जेसिज वर्ष २०२५ का लागि अध्यक्षमा खड्का चयन

अत्तरिया : अत्तरिया जेसिज वर्ष २०२५ को नयाँ कार्यसमिति चयन भएको छ । सोमबार सम्पन्न अत्तरिया जेसिजको १३औ साधारण सभा तथा शाखा अधिवेशनले प्रदिप खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाले वर्ष २०२५ का लागि कार्यकारिणी उपाध्यक्षमा महेन्द्र बम र कल्पना भट्टलाई चयन गरेको छ । निर्वाचन अधिकृत भरत खड्काका अनुसार साधारण सभाले जेसिजको उपाध्यक्षमा प्रेमा पाठक भण्डारी, टेक खड्का, सान परियार र हेम भट्टलाई चयन गरेको छ । यस्तै समितिको कानुनी सल्लाहकारमा बम बहादुर बोगटी, महासचिवमा अनिस सिँह र कोषाध्यक्षमा शंकर साउँद चयन भएको खड्काले बताए ।

जेसिजले प्रत्येक वर्ष साधारण सभामा नयाँ कार्यसमिति चयन गर्ने गरेको छ । एक वर्षे कार्यावधि मात्रै भएको अत्तरिया जेसिजले विगत देखी नै युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागी कार्य गर्दै आएको छ ।

Loading...