गोदावरी-३ मा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

अत्तरिया : कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
गोदावरी नगरपालिका-३ चुट्के बजारमा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको ७८४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २३ वर्षीय प्रशान्त चौधरी र २३ वर्षकै सुनिल चौधरी घाइते भएका हुन ।

घाइते दुवैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

 

 

 

Loading...