बैतडी– बैतडीमा एक महिलामाथि बलात्कार गरेको घटना बाहिरिएको छ । जिल्लाको सिगास गाउँपालिकाका अन्दाजी २४ वर्षीय अर्जुन सिंह धामीले गाउँकै भाउजु नाता पर्ने २५ वर्षीया महिलामाथि बलात्कार गरेको घटना बाहिरिएको हो ।
धामीले ६ महिना अघि नै ती महिलामाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय पाटनमा उजुरी परेको छ । अहिले ती महिलाको पेटमा ६ महिनाको गर्भ पनि खुलेको छ । महिलाको पेटमा गर्भ रहेको थाहा पाएपछि परिवारका सदस्यले थाहा पाएका थिए ।
बलात्कार आरोपित धामी भागेर भारत गइसकेको आफन्तहरुले बताएका छन् ।
महिलाका श्रीमान रोजगारीको सिलसिलामा १३ महिना पहिले नै भारतमा गएका थिए । सो घटना बाहिरिएपछि उनि घर आएका छन् ।
महिलालाई अहिले पाटन सेफ हाउसमा राखिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
- Facebook Comments
- Comments