बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु

बझाङ : बझाङमा फेरि अर्को दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार बझाङको मष्टा गाउँपालिकामा फेरि अर्को जीप दुर्घटना भएको हो।

बिहीबार राति दुर्घटना हुँदा चालक धर्म थापाको मृत्यु भएको डीएसपी भण्डारीले बताए । दुर्घटनाको विस्तृत विवरण भने आएको छैन । प्रहरीका अनुसार जीप दुर्घटनाका कारण चालकको घटनास्थलमै मृत्यु भएको हो ।

यस अगाडि हिजै (बिहिबार) जिल्लाको तलकोट गाउँपालिकास्थित धमेनामा जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४ जनाको ज्यान गएको थियो । डिएसपी भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको थियो । जीप अनियंत्रित भएर झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Loading...