अत्तरिया : कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन।
जील्लाको टीकापुर नगरपालिका–९ बालुवाटार स्थित सडक खण्डबाट ७ ग्राम २६० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका हुन्। शनिबार साँझ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चालक जानकी गाउँपालिका–९ पुर्व खैरीफाँटाका २० वर्षीय निरज जैसीलाई लागुऔषधसहित पक्राउ गरेको हो।
उनले चलाएको से ६ प ९०६३ नम्बरको मोटर साइकललाई चेकजाँच गर्दा मोटरसाइकलको पछाडीको दुबै साइडको इन्डिकेटरभित्र लुकाई राखेको ७ ग्राम २६० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।