कैलालीमा श्रमजीवि पत्रकार संघ गठन

धनगढी : कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । श्रमजीवि पत्रकारहरुको हकहितका लागि आवाज उठाउने भन्दै आइतबार मीन ठकुरीको अध्यक्षतामा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा वीरेन्द्र भट्ट, उपाध्यक्ष (पिछडीएको क्षेत्र) मा अंकुश कुँवर, महिला उपाध्यक्षमा निर्मला शाही, सचिवमा सुरेन्द्र ताम्राकार, सह-सचिवमा धुर्व ओझा, सह-सचिव (समावेशी) मा रञ्जना विसी र कोषाध्यक्षमा पुस्कर पौडेल चयन भएका छन् ।

यस्तै समितिको सदस्यमा राजकुमार साउँद, शारदा फुलारा, प्रेम चौधरी, शान्तिप्रसाद जोशी, महादेव गिरी, प्रेम ताडी र हरिश भट्ट चयन भएका छन् ।

समिति गठनपछि बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । समितिले अर्धवार्षिक बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ । उक्त बुलेटिनमा जिल्लाका श्रमजीवि पत्रकारहरुले लेखेका समाचार तथा लेखरचनाहरु प्रकाशित गरिने समितिका अध्यक्ष मीन ठकुरीले बताए । उनले उक्त लेखरचना तथा समाचार बुलेटिनमा प्रकाशित गर्दा सो वाफतको हुन आउने रकम सम्बन्धीत लेखकलाई प्रदान गरिने समेत बताए ।

Loading...