डोटीमा एक महिलाको शव भेटियो

डोटी : डोटीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको केआईसिंह गाउँपालिका-६ लामाडाडास्थित जङ्गलमा महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार महिलाको परिचय भने खुलेको छैन। ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईले बताए ।

शव कङ्कालको रूपमा रहेको र कपडा, कपाल, चुँडी लगायतका पहिरनले महिला भएको पहिचान गरिएको बताए । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...