कैलालीको गोदावरीका २८ जना भन्छन्: हामी एमाले मै छौं,पार्टी परित्याग गरेका छैनौ

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नेकपा एमालेका केही स्थानिय नेताहरुले पार्टी परित्याग नगरेको पार्टीमा नै रहेको जिकिर गरेका छन् । गोदावरी-२ का उनिहरुले आफूहरू पार्टी मै रहेको विज्ञप्ति मार्फत जनाएका छन् ।

२८ जनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमाले मै रहेको बताएका हुन । उनिहरुले आफुहरु पार्टीको सदस्य मात्रै रहेको समेत प्रष्ट परेका छन् ।

सोमबार मात्रै ४६ जनाले एमाले पार्टी परित्याग गरेको राजीनामा पत्र सार्बजनिक भएको थियो। त्यसपछि एमालेका प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट सहितका नेताहरु उनिहरुलाई मंगलबार भेटन गएका थिए ।

Loading...