बाजुरा : बाजुरामा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका १० घर भई हाल वडा नम्बर ९ बस्ने अन्दाजी ६० बर्षकी रुपशिला धामी रहेकी छन् ।
शुक्रवार दिउँसो बुढीनन्दा नगरपालिका वडा नम्बर ९ मा मार्तडीबाट कोल्टी जादैँ गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको जीपले ठक्कर दिँदा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
कैलालीको चुरे गाउँपालिका ६ का लोकेन्द्र साउदले चलाएको जीपले सोहि ठाउँको पसलमा सामान झार्ने क्रममा ब्याग गर्ने क्रममा धामी सडकमा हिडिरहेको अवस्थामा ठक्कर दिएर मृत्यु भएको जनाएको छ ।
