कैलालीको गोदावरीमा अत्याधुनिक मेसिन सहितको स:मिलले ब्यबसायिक उत्पादन शुरु गर्दै

अत्तरिया : कैलालीको गोदावरीमा एक निजी स:मिलले ब्यबसायिक कार्य शुरु गरेको छ ।

न्यु सबिता स:मिलमा जडान भएका उपकरणको शुक्रबार पूजाआजा गरिएको छ । उक्त मिल नेकपा एमाले प्रदेश कमिटी सदस्य गोकर्ण भट्टले संचालनमा ल्याएका हून् ।

अत्तरिया धनगढीरोडमा मिल सन्चालनमा आएको छ । मिलमा प्रयोग भएका मेसिनहरु नेपाल कै लागी नयाँ र अत्याधुनिक भएको सन्चालक भट्टले बताए । उनका अनुसार मिलमा काठहरु चिरान खरिद बिक्री गरिने छन् । भट्ट पुराना काष्ट ब्यबसायी समेत हून् ।

Loading...