सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिईएको छ । प्रदेश सरकारले (जिता पर्व) माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

थारु समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि सुरु हुने भएकाले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश राजपत्रमा पनि पौष २९ गते जिता पर्व भनेर उल्लेख छ । पौष अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ । सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिंदै आएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...