बाजुराका वन अधिकृत डिसीकोे युवती सँगको अर्धनग्न तस्विर सार्वजनिक

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले सोध्यो स्पष्टीकरण

धनगढी : डिभिजन वन कार्यालय बाजुराका निमित्त प्रमुख सुरेश चन्द्र डिसीको अर्धनग्न अवस्थाको तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने फोटो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले उनलाई स्पष्टीकरण सोधेको छ । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरमा निजामती कर्मचारी आचरण विपरीत गतिविधि देखिएको भन्दै निर्देशनालयले सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न भनेको छ ।

डिसीलाई निजामती सेवा ऐन, २०७९ र सुदूरपश्चिम प्रदेश निजामती सेवा नियमावली, २०८१ अनुसार विभागीय कारबाही नगर्नुपर्ने आधार पेश गर्न निर्देशन दिइएको छ । निर्देशनालयका निर्देशक हेमराज बिष्टले सो स्पष्टीकरण पत्र मन्त्रालयमा पनि बोधार्थ पठाएका छन् ।

डिसी यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा डोटीमा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका थिए। ५ लाख ६० हजार घुस मागेको आरोपमा आयोगले ३ लाख २६ हजार नगदसहित पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

हालै सार्वजनिक तस्बिरमा डिसी मापसे गर्दै अर्धनग्न अवस्थामा युवतीसँग देखिएका छन् । अर्को तस्बिरमा घुस लिँदै गरेको जस्तो देखिएको छ । यो घटनाले निजामती सेवा आचरण र विश्वासमाथि प्रश्न उठाएको छ ।

Deep Jyoti Pustak psl
Loading...