अत्तरिया : कैलालीको अत्तरियामा शुभद स्पोट्र्स हाउस सञ्चालनमा आएको छ । अत्तरियामै पहिलो पटक स्पोर्टसका मात्रै सामान पाउने पसल सञ्चालनमा आएको हो । स्पोर्टस हाउसको बिहीबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छन् ।
महेन्द्रनगर रोडस्थित गोदावरी कम्प्लेक्स भित्र दुई जनाको लगानिमा सञ्चालित उक्त पसलमा खेलकुदका सम्पूर्ण समान पाइने स्पोर्टस हाउस सञ्चालक कृष्ण विष्टले बताए । उनले पसलमा खेलकुदका सबै समान थोक तथा खुद्रा मूल्यमा पाइने बताए । स्वास्थ्य रहनका लागि पनि खेलकुद अपरिहार्य रहेकाले त्यसका लागि एकै ठाउँमा सहज रूपमा खेलकुदका सामाग्री पाउन सहज होस भन्ने उद्देश्यले खेलकुदका सामान एकै ठाउँमा पाइने पसल सञ्चालनमा ल्याएको बताए । उनले स्पोर्ट हाउसमा भलिबल, फुटबल, क्रिकेट, व्याटमिन्टन लगायतका सामाग्री उपलब्ध रहेको बताए ।
अर्का सञ्चालक पुष्कर साउँदले अत्तरियामा खेलकुदका मात्रै सामान पाउने पसल नभएकाले विशुद्ध रूपमा खेलकुदका मात्रै सामान पाउने पसल सञ्चालनमा ल्याइएको बताए । उनले खेलकुदप्रति रुचि भएका सम्पूर्ण व्यक्तिहरूको करियरका लागि आफुहरुले सकिने सेवा दिन तयार रहेका बताए । उनले १५ लाख लगानीमा स्पोर्टर्स हाउस सञ्चालनमा ल्याइएको बताएका छन् ।
उद्घाटन कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहरा लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
